Information is intelligence
HomeSportsनेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम २३ सदस्यीय घोषणा, सम्भवतः हालसम्मकै युवा टोली

नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम २३ सदस्यीय घोषणा, सम्भवतः हालसम्मकै युवा टोली

- Advertisement -spot_img

नेपाली राष्ट्रिय फुटबल टोलीको इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्वकप छनोटका बाँकी ३ खेलका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा भएको छ ।

बन्द प्रशिक्षणमा ३२ खेलाडी बोलाउने क्रममा नै राष्ट्रिय टोलीको ८ खेलाडीलाई बाहिर राखेका अलमुताइरीले अन्तिम टोली छनोट गर्दा थप ५ खेलाडीलाई टोलीमा समेटेनन् ।

प्रशिक्षक अब्दुल्लाहले आफ्नो पहिलो प्रशिक्षणमा आधा दर्जन खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा अवसर दिएका हुन् । उनले मनिष डांगी, सुरज सिह ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र विशाल सुनारलाई पहिलो पटक स्थान दिएका हुन् ।

प्रशिक्षक अब्दुल्लाहले सार्वजनिक गरेको नामावलीसँगै नेपाली टोली सम्भवतः हालसम्मकै युवा टोली देखिएको छ ।

नेपालले मे २९ मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्दै छ । विश्वकप छनोट र एसियन कप छनोटको बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा चाईनिज ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

नेपाली टिम

गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

डिफेन्डर: रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु