Information is intelligence
HomeInternationalभारत कोरोना : एकै दिन चार हजार पाँच सय २५ जनाको मृत्यु

भारत कोरोना : एकै दिन चार हजार पाँच सय २५ जनाको मृत्यु

- Advertisement -spot_img

भारतमा कोरोना सङ्क्रमणबाट एकै दिन चार हजार पाँच सय २५ जनाको ज्यान गएको छ । कोरोना भाइरसबाट एकै दिन ज्यान गुमाएको यो कुनै पनि देशको सबैभन्दा धेरै सङ्ख्या हो ।

यस अघि गएको जनवरी १२ तारिखमा अमेरिकामा चार हजार चार सय ६८ जनाले ज्यान गुमाएका थिए । यस्तै ब्राजिलमा अप्रिल ६ तारिखमा चार हजार दुई सय ११ जनाको ज्यान गएको थियो । भारतमा कोरोना सङ्क्रमण पुष्टि हुने सङ्ख्या भने घटिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ८३ हजार दुई सय ७६ जनामा सङ्क्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै भारतीय सञ्चारमाध्ययम हिन्दुस्तान टाइम्सले जनाएको छ ।

एकै दिन चार लाख भन्दा धेरै सङ्ख्यामा सङ्क्रमित थपिन थालेको भारतमा केही दिनदेखि दैनिक तीन लाख भन्दा थोरै सङ्क्रमित थपिन थालेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु