Information is intelligence
HomeNewsएमाले कार्यदलको समय आज सकिँदै, साँझ ७ बजे बैठक बस्दै

एमाले कार्यदलको समय आज सकिँदै, साँझ ७ बजे बैठक बस्दै

- Advertisement -spot_img

एमाले विवाद मिलाउन गठित कार्यदलको बैठक बुधबार साँझ ७ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा कार्यदलको कार्यविधि,आचारसंहिताबारे छलफल हुने प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीका तर्फबाट कार्यदल संयोजक रहेका सुवास नेम्वाङले जानकारी दिए ।

कार्यदलको पहिलो बैठक मंगलबार बसेको थियो। बैठकले पार्टी पंक्तिलाई एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिलाई आव्हान गरेको छ ।

पार्टी विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालले कार्यदल बनाएका थिए। कार्यदलमा दुवैतर्फका ५-५ जना नेता छन् ।

प्रधानमन्त्री ओलीका तर्फबाट एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल छन् ।

त्यस्तै माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे छन्।

तीन दिनको समय पाएको कार्यदलको समय आज सकिँदैछ। कार्यदलले पाएको समयमा काम नसकिने भएकाले अरू थप समय लाग्ने यसअघिनै परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताइसकेका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु