Information is intelligence
HomeNewsमहामारीमा 'नागरिकको साथमा' विवेकशील साझाको अभियान

महामारीमा ‘नागरिकको साथमा’ विवेकशील साझाको अभियान

- Advertisement -spot_img

कोभिड महामारीमा विवेकशील साझा पार्टीले नागरिकका समस्या समाधान गर्नका लागि अभियान सुरु गरेको छ । रोग र भोकमा, नागरिकको साथमा नाराका साथे विवेकशील साझा पार्टीले अभियान सुरु गरेको हो ।

अभियानका क्रममा भोकालाई खाना खुवाउने, समस्यामा परेकालाई सहयोग गर्ने र नागरिकको जीवन सहज बनाउन भूमिका खेल्ने विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले जानकारी दिएका छन् ।

‘हामीले पहिले पनि गरेका हौँ र अहिले पनि जे सकिन्छ गरिरहेका छौँ । यी त संकटका बेला गरिने साना सहयोग भए’, विवेकशील साझाका संयोजक मिश्रले ट्वीटरमा लेखेका छन्, ‘हामी सिङ्गो देश रूपान्तरणको अभियानमा छौँ । तपाईको साथमात्र जारी रहोस् । हामी गर्छौँ ।’

यस्तै विवेकशील साझाले कास्कीको पोखरामा निषेधाज्ञाका क्रममा निःशुल्क खाना वितरण गरिरहेको छ । खासगरी कोभिड संक्रमित बिरामीलाई तातो भात भन्दै विवेकशील साझाले कास्कीमा खाना खुवाउन सुरु गरेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु