Information is intelligence
HomeModeratorपूर्वबैंकर अनिल ज्ञवाली बने सिटिजन्स बैंकको सञ्चालक

पूर्वबैंकर अनिल ज्ञवाली बने सिटिजन्स बैंकको सञ्चालक

- Advertisement -spot_img

सिटिजन्स बैंकले स्वतन्त्र सञ्चालकमा पूर्वबैंकर अनिल ज्ञवालीलाई नियुक्त गरेको छ । केही समय अगाडिमात्रै नेपाल इन्फ्रास्ट्रकचर बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश पाएका ज्ञवाली सिटिजन्स बैंकका सञ्चालक नियुक्त भएका छन् ।

पूर्वबैंक सुदेश खालिङले राजिनामा दिएपछि बैंकको स्वतन्त्र सञ्चालक पद रिक्त रहेको थियो  खालिङले एभरेष्ट बैंकको सिइओ बन्न बैंकको सञ्चालकबाट राजीनामा दिएका हुन् । ज्ञवालीले नबिल र ग्लोबल आईएमई बैंकको पनि सीईओ भएर काम गरिसकेका छन् । उनीसँग विदेशी बैंकमा पनि काम गरेको अनुभव छ । उनले बैंकिङ क्षेत्रमा साढे ३ दशक विभिन्न भूमिकामा रहेर काम गरेका छन् ।

ज्ञवालीले असार १ गतेबाट सञ्चालकको पदभार ग्रहण गर्नेछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु