Information is intelligence
HomeNewsमहामारीमा पनि रोकिएन काठ तस्करी

महामारीमा पनि रोकिएन काठ तस्करी

- Advertisement -spot_img

दशवटा साइकलमा तस्करी गरी लैजाँदै गरेको अवैध ढंगले काटेको सालको ४० क्वीफिट काठ महोत्तरीको बर्दिबास नगरपालिका–८ हात्तिलेटबाट बरामद गरिएको छ । सागरनाथ वन विकास परियोजनाको हात्तिलेट युनिटको १० नम्बर पलोटबाट तस्करले कटान गरी लैजाँदै गरेको १० थान बहुमूल्य सखुवाको गोलिया मंगलबार राति बरामद गरिएको हो ।

डिभिवन वन कार्यालय महोत्तरीको सशस्त्र वन सुरक्षा शाखा माइस्थानका रेन्जर सन्तोष कुमार यादव र सागरनाथ वन विकास परियोजना हात्तिलेट शाखाका रेन्जर सोमारी चौधरीको संयुक्त गस्ती टोलीले काठ नियन्त्रणमा लिएका हुन् । वन गस्ती टोलीलाई देखेपछि काठ तस्कर फरार भएका थिए ।

यसैबीच बर्दिबास– १ गालटार टोलमा अवैध रुपमा संचालन गरिएको फर्निचरमा वन कार्यालयले छापामारी गरेको छ । त्यहाँबाट काठ चिरानमा प्रयोग गरिएको २ थान विधुतीय मोटर, र  ७ क्वीफिट सालको चिरान काठ बराममद गरेको छ ।

कोरोना महामारी नियन्त्रण गर्न गरिएको निषेधाज्ञाले वन क्षेत्रका बाटोघाटोमा चहलपहल पातलिएपछि तस्करले वन क्षेत्रबाट काठ तस्करी, वनजन्तुको चोरी सिकारी गर्न थालेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु