Thursday, June 17, 2021
HomeEconomyनबिल बैंक द्वारा वीर अस्पताल लाई ८ करोड सहयोग

नबिल बैंक द्वारा वीर अस्पताल लाई ८ करोड सहयोग

- Advertisement -
- Advertisement -spot_img

नबिल बैंक लिमिटेडले वीर अस्पताल लाई ८ करोड सहयोग गर्ने भएको छ । बढ्दो कोरोना माहामारी जोखीम न्युनिकरण गर्ने उद्देश्यले बैंक अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको हो ।

मंगलवार नबिल बैंक र वीर अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै समझदारी अनुसार बैंकले ५० क्युबिक लिटर प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्ने छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराउने छ ।

यो प्लान्ट स्थापनाले अस्पताललाई आवश्यक अक्सिजन उपलब्ध गराउने र यसबाट धेरै विरामीको ज्यान बचाउन सकिने बैंकले विश्वास लिएको छ ।

विर अस्पतालमा अक्सिजन प्लान्टसँगै केही अस्पतालहरूलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्नलाई बैकले थप प्रकिया अगाडि बढाएको बैंकले जनाएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय