Information is intelligence
HomeNewsसशस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवाको मृत्यु

सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवाको मृत्यु

- Advertisement -spot_img

पश्चिम नवलपरासीमा शसस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । नवलपरासी पश्चिममा भएको तनावमा प्रहरीको गोली लागेर घाइते भएका प्रतापपुर गाउँपालिका–६ का २३ वर्षीय अविनाश राजभरको मृत्यु भएको जिल्‍ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी राजु लामाले पुष्‍टि गरे ।

उनका अनुसार जिल्‍लामा उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवल ल्‍याइएको थियो । अस्‍पताल पुर्‍याएलगत्‍तै उनलाई मृत घोषणा गरिएको हो। नेपाल भारत सीमानाका बन्द रहेको अवस्थामा भारतजान खोजेका राजभरलाई सशस्त्र प्रहरीले नाकामा रोकेको र सोही विषयमा विवाद हुँदा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको थियो ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले नेपाल भारत सिमानामा नजिकै स्थानीय युवा र सुरक्षाकर्मीबीच विवाद हुँदा गोली चलेको बताए । घाइते राजभरको सहिद स्मृति अस्पताल चौपत्तामा उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवल पठाइएको थियो । स्थानीयले भने सुरक्षाकर्मीले बिनाकारण बल प्रयोग गरेर गोली चलाएको आरोप लगाएका छन् । सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय