Information is intelligence
HomeSportsफ्रेन्च कप फाइनलमा पीएसजी र मोनाको भिड्दै, नेयमारले फाइनल गुमाउने

फ्रेन्च कप फाइनलमा पीएसजी र मोनाको भिड्दै, नेयमारले फाइनल गुमाउने

- Advertisement -spot_img

फ्रेन्च कपको फाइनल खेल आज (बुधबार) राति हुँदैछ ।  

आज हुने फाइनल खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र मोनाकोले प्रतिस्पर्धा गर्दैछन् ।

खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।

पीएसजीले हालसम्म फ्रेन्च कपको १३ उपाधि जिति सकेको छ । पीएसजी हालसम्म १७ पटक फाइनलमा पुगेको छ ।

यता मोनाको पनि छैटौं पटक च्याम्पियन हुने योजनामा रहेको छ । मोनाकोले हालसम्म ६ पटक उपाधि जितेको छ । मोनाको ९ पटक फाइनल पुगेको छ ।

नेयमारले फ्रेन्च कपको फाइनल खेल गुमाउने छन् । मोन्टपिलर विरुद्धको सेमिफाइनलमा पहेँलो कार्ड ब्यहोरेका नेयमारलाई १ खेलको प्रतिबन्ध लागेको हो । मार्को भेराटीले पनि चोटका कारण फाइनल खेल गुमाउने छन्  ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु