Information is intelligence
HomeSportsयुभेन्टसले जित्यो कोपा इटालियाको उपाधि

युभेन्टसले जित्यो कोपा इटालियाको उपाधि

- Advertisement -spot_img

इटालियन कोपा इटालियाको उपाधि युभेन्टसले जितेको छ । बुधबार राति भएको फाइनलमा खेलमा एट्लान्टालाई २–१ ले हराएर युभेन्टसले उपाधि जितेको हो ।

मापेइ रंगशालामा भएको खेलमा युभेन्टसका लागि ३१औँ मिनेटमा कुलुसेभ्स्की र ७३औँ मिनेटमा चिएसाले गोल गरेका हुन् ।

एट्लान्टाका लागि ४१ औँ मिनेटमा मालिनोभ्स्कीले एक गोल फर्काए । ८८ औँ मिनेटमा तोलोइ सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एट्लान्टा १० खेलाडीमा सीमित भएको थियो ।

युभेन्टस कोपा इटालियाको सर्वाधिक सफल टोली हो । यस सिजनसहित युभेन्टसले १४औँ पटक यो उपाधि हात पारेको छ । युभेन्टसपछि सबैभन्दा धेरै रोमाले ९ पटक यो उपाधि जितेको छ । गतसिजन भने नापोलीले उपाधि हात पारेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु