Information is intelligence
HomeSportsटोटनहाम घरेलु मैदानमै पराजित, एभर्टनले वुल्भसलाई हरायो

टोटनहाम घरेलु मैदानमै पराजित, एभर्टनले वुल्भसलाई हरायो

- Advertisement -spot_img

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएरति भएको खेलमा टोटनहामले हार व्यहोरेको छ । घरेलु मैदानमा भएको खेलमा टोटनहाम एस्टन भिल्लासँग २-१ ले स्तब्ध बनेको हो ।

भिल्लाको जीतमा ओली वाट्किन्सले एक गोल गरेका थिए भने एक गोल उपहार पाएको थियो । टोटनहामका स्टेभेन बर्जविनले एक गोल गरेका थिए ।

खेलको आठौं मिनेटमा बर्जविनले गोल गर्दै टोटनहामलाई अग्रता दिलाएका दिए । २०औं मिनेटमा टोटनहामका सर्जियो रेगुइलनबाट आत्मघाती गोल भयो र खेल बराबरीमा आएको थियो ।

३९औं मिनेटमा वाट्किन्सले गोल गरेपछि भिल्लाले पहिलो हाफमै २-१ को अग्रता बनायो । दोस्रो हाफमा थप गोल निस्कन सकेन र टोटनहाम घरमै स्तब्ध बन्यो ।

जीतपछि भिल्ला ३७ खेलबाट ५२ अंक जोड्दै ११औं स्थानमा छ भने पराजित टोटनहाम ५९ अंकसहित सातौं स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा एभर्टनले वुल्भसलाई १-० ले हराएको छ । एभर्टनको जीतमा रिचार्लिसनले ४८औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो

जीतपछि एभर्टन ३७ खेलबाट ५९ अंकसहित आठौं स्थानमा उक्लिएको छ भने पराजित वुल्भस ४५ अंकसहित १२औं स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु