Information is intelligence
HomeNewsइट्टाले हानेर श्रीमतीको हत्या गरी फरार कार्की एक महिनापछि पक्राउ

इट्टाले हानेर श्रीमतीको हत्या गरी फरार कार्की एक महिनापछि पक्राउ

- Advertisement -spot_img

आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका श्रीमानलाई बारामा पक्राउ गरिएको छ । घटनाको २७ दिनपछि बारा प्रहरीले अभियुक्तलाई पक्रेको हो ।

प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका वडा नं ३ बजनीका ५६ वर्षीय हरिबहादुर कार्कीलाई बुधवार बाराको सिमराबाट पक्राउ गरेको हो ।

लुकिछिपी अवस्थामा बसिरहेको अवस्थामा निजलाई ईलाका प्रहरी कार्यालय सिमराको टोलीले समातेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको जिल्ला प्रहरी कर्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी गराए ।

गत वैशाख ९ गते रातिको समयमा ४५ वर्षीया श्रीमति पार्वती कार्कीसँग घरायसी विषयमा झगडा पर्दा इट्टाले हानेर हत्या गरी फरार भएका थिए । पार्वतीको भोलिपल्ट घरको दोस्रो तल्लामा मृत अवस्थामा शव बरामद भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु