Information is intelligence
HomeNational Assemblyराष्ट्रिय सभा उपनिर्वाचन : मतदान सुरु

राष्ट्रिय सभा उपनिर्वाचन : मतदान सुरु

- Advertisement -spot_img

बागमती प्रदेशतर्फ राष्ट्रिय सभा सदस्यमा रिक्त पदका आज निर्वाचन हुँदैछ । हेटौँडा–४ स्थित भुटनदेवी माविमा मतदान सुरु भएको छ । ९ बजेबाट मतदान सुरु हुने भनिएकोमा सवा ९ बाट सुरु भएको हो।

३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । एमालेबाट रामबहादुर थापा बादल,   स्वतन्त्र रुपमा डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीले कृष्ण बहादुर तामाङ उम्मेदवार छन् ।

बिहान ९ बजे नै उम्मेदवारहरु निर्वाचनस्थल आएका थिए ।

मतदान ३ बजेसम्म हुनेछ । बागमती प्रदेशसभामा सदस्य र यसै प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुखहरु मतदाताका रुपमा रहेका छन् ।

तीनवटा बुथबाट मतदान भइरहेको छ ।  ‘क’ बुथमा प्रदेश सभा सदस्यहरूले मतदान गर्नेछन् भने ‘ख’ बुथमा स्थानीय तहका प्रमुख, उपप्रमुखले मतदान गरिरहेका छन् ।

कोरोना  संक्रमण भएका प्रदेश सभा सदस्य तथा, स्थानीय तहका प्रमुख, उपप्रमुखका लागि ‘ग’ बुथमा मतदानको व्यवस्था छ ।

निर्वाचनको नतिजा पनि आजै आउने मुख्य निर्वाचन अधिकृत रहेका मकवानपुर जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय