Information is intelligence
HomeNewsकपिलवस्तुमा माओवादी जिल्ला नेता दिपक पाण्डमाथि गोली प्रहार

कपिलवस्तुमा माओवादी जिल्ला नेता दिपक पाण्डमाथि गोली प्रहार

- Advertisement -spot_img

कपिलवस्तुमा गएराति नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । उनलाई तीन जनाको समूहमा आएकाहरुले सडकमा गोली प्रहार गरेका थिए ।

गोली प्रहारबाट गम्भीर घाइते पाण्डेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको शरीरबाट दुईवटा गोली निकालिएको छ । ३५ वर्षीय पाण्डेको पेट र कम्मरमा गरी दुई गोली लागेको छ ।

नदीजन्य पद्धार्थ निकाल्ने काममा समेत सक्रिय पाण्डे ठेक्कापट्टा समेत गर्थे । प्रहरीले घटनाको कारणबारे अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय