Information is intelligence
HomeHealthउपप्रधानमन्त्री पोखरेलका छोरा संलग्न रहेको कम्पनी थाहा पाएपछि भेन्टिलेटर खरिदबाट पछि हट्यो...

उपप्रधानमन्त्री पोखरेलका छोरा संलग्न रहेको कम्पनी थाहा पाएपछि भेन्टिलेटर खरिदबाट पछि हट्यो वीर अस्पताल

- Advertisement -spot_img

उपप्रधानमन्त्री ईश्वर पोखरेलका छोरा संलग्न रहेको कम्पनीसँग भेन्टिलेटर खरिद गर्ने तयारीबाट वीर अस्पताल प्रशासन पछाडि हटेको छ।  काठमाडौं महानगरपालिकाले १० वटा भेन्टिलेटर र ५० वटा मनिटर खरिदका लागि पैसा दिने भएपछि वीर अस्पतालले म्याक्सिम कम्पनीलाई छनोट गरेको थियो ।

म्याक्सिमले यसअघि टिचिङ अस्पताललाई पनि मेडिकल सामग्री उपलब्ध गराएकाले त्यहि दरमा वीरले पनि मेडिकल सामग्री खरिदको प्रकृया अगाडि बढाएको थियो । तर म्याक्सिममा उपप्रधानमन्त्री इश्वर पोखरेलका छोरा स्वराजको संलग्नता रहेकाे बुझेपछि वीर र काठमाडौं महानगरपालिका दुवै उक्त कम्पनीसँग भेन्टिलेटर र मनिटर खरिदको प्रकृयाबाट पछाडि हटेको बुझिएको छ ।

‘महामारीको यो समयमा खरिद प्रकरणमा कुनै विवाद नआओस् भनेर अरु कम्पनी खोज्ने निर्णय गरिएको हो’, अस्पताल स्रोत भन्छ ।

अर्को कम्पनी छनोट गरेर सामान ल्याउन एक डेढ महिना लाग्नसक्ने र त्यतिबेलासम्म ढिलाई हुन सक्ने वीर अस्पताल प्रशासन बताउँछ। उपप्रधान्मन्त्री पोखरेलका छोरा ठेक्कापट्टामा विवादित बन्दै आएका छन् ।

कोरोना भाइरसको महामारीका कारण देशभर रहेका अधिकांश आईसियू र भेन्टिलेटर खाली छैनन्। यसले गर्दा गम्भिर अवस्थाका संक्रमितहरु उपचार नपाएरै ज्यान गुमाउने अवस्थामा छन् ।

यसैबीच अक्सिजन उपलब्ध नहुँदा वीर अस्पतालले नयाँ भवनमा ५ सय शैय्याको कोभिड डेडिकेटेड उपचार सुरु गर्न सकेको छैन । सरकारले दुई साता अघि नयाँ भवनमा कोरोनाका विरामीलाई उपचार सुरु गर्ने निर्णय गरेको थियो । तर अक्सिजनसहितको उपचार आवश्यक पर्ने भएकाले नयाँ भवनमा काम सुरु गर्न नसकिएको बताइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु