Information is intelligence
HomeNewsताउतेका कारण अरब सागरमा अझै ४९ जना बेपत्ता, १३३ दिनपछि पनि भेटिएका...

ताउतेका कारण अरब सागरमा अझै ४९ जना बेपत्ता, १३३ दिनपछि पनि भेटिएका छन् मान्छे

- Advertisement -spot_img

ताउते चक्रवाती तुफानका कारण अरब सागरमा डुबेको बार्ज पी–३०५ जहाजका ४९ कर्मचारी अझै पनि हराइरहेका छन् ।

त्यसमा भएका ७५ मध्ये २६ जनाको मृत्यु भइसकेको छ । भारतीय जलसेनाले दिनरात खटेर यी मानिसहरूको खोजतलाश गरिरहेको छ । समुद्रमा यसअघि पनि मानिसहरू हराएर निकै पछि भेटिएको इतिहास पाइन्छ । कुल १३३ दिन हराएर समेत मानिस जिउँदै फर्किएको इतिहास छ ।

चीनका पून लिम समुद्रमा हराएर १३३ दिनपछि फर्किएका हुन् । सन् १९४२ को नोभेम्बर महिनादेखि १९४३ को अप्रिलसम्म पून समुद्रमा हराए । उनी बेलायती जहाजका कर्मचारी थिए । दोस्रो विश्वयुद्ध चलिरहेको बेलामा दक्षिण अफ्रिकाको केपटाउनबाट अमेरिकातिर जाँदै गरेको जहाजमा जर्मनीका नाजीहरूले यू–बोटमार्फत आक्रमण गरे ।

आक्रमण भएलगत्तै पून जहाजबाट समुद्रमा हाम्फाले र दुई घन्टासम्म तैरिरहे । त्यसपछि उनले लाइफ र्‍याफ्ट फेला पारे । त्यसमा अलिकति बिस्कुट, टर्च र ताजा पानी थियो । केही दिनमै त्यो सबै सकियो अनि उनले समुद्रमा माछा मारेर खाए । अमेजन नदीमा पुगेपछि उनलाई ब्राजिलका तीनजना माझीले बचाए । जिउँदै फर्केर आएपछि उनलाई बेलायतका राजा जर्ज छैटौंले ब्रिटिश एम्पायर मेडलबाट सम्मान गरे । बेलायतको जलसेना रोयल नेभीले उनको कथालाई सर्भाइभल म्यानुअलमा संलग्न गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु