Thursday, June 17, 2021
HomeEducationकोरोना भाइरस संक्रमणको महामरीमा बालबालिकाका सवाल सम्बन्धी भर्चुअल मार्फत छलफल

कोरोना भाइरस संक्रमणको महामरीमा बालबालिकाका सवाल सम्बन्धी भर्चुअल मार्फत छलफल

- Advertisement -
- Advertisement -spot_img

५ जेठ २०७८  काठमाण्डौं

राष्ट्रिय बाल अधिकार परिषदले बुधवार भर्चुअल माध्यमबाट कोरोना भाइरस संक्रमणको महामरीलाई लक्षित गरी एक भचुअल कार्यक्रम सम्पन्न गरेको । सो कार्यक्रममा परिषद्ले महामारीलाई लक्ष्यित गरी बालहितका लागि राष्ट्रिय कार्ययोजना बनाएको छ । सो कार्ययोजना अन्तरगत देशभरका इच्छुक युवालाई समुहमा समेटेर बालमैत्री सेवा प्रवाहका लागि तयार गर्दै गरेको आयोजकले बताएको छ ।

सो भर्चुअल कार्यक्रममा आयोजक संस्था राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलनराज धरेलले यस समुहमा हालसम्म ६० जिल्लाका दुईसय जना युवाले स्वयमसेवा गर्न इच्छा जाहेर गरेको जानकारी दिदैं भर्चुअल कार्यक्रम मार्फत स्वयमसेवीहरुको जिम्मेवारी र बालमैत्री सेवा सहित समस्यामा परेका बालबालिकाहरुको तत्काल उद्धारका लागि परिषद्सँग गरिने समन्वयको प्रक्रियाबारे जानकारी दिइएको बताए । परिषद्ले यस सङ्कटमा विभिन्न सरकारी, गैरसरकारी तथा नागरिक समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने कार्यकारी निर्देशक धरेलको भनाई छ ।

उक्त कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले कोरोना महामारीका समयमा समस्यामा परेका बालबालिकाको स्वास्थ्य, आश्रय तथा खाद्य सुरक्षाका लागि क्लष्टर बनाएर युवा स्वयंसेवीलाई परिचालन गर्नु पर्नेमा जोड दिदै महामारीमा अभिभावक गुमाएका बालबालिकाको संरक्षणको जिम्मेवारी सरकारले लिने बताइन ।

कार्यक्रममा  कोरोनाबाट सङ्क्रमित  तथा प्रभावित बालबालिकालाइ बालमैत्री सेवा प्रवाहका लागि स्वयमसेवी समूहको भूमिका तथा सेवा प्रवाह प्रक्रियाको विषयमा छलफल भएको थियो भने परिषद्ले बुधवार बागमती प्रदेशका ७ वटा जिल्लाका ३८ वटा स्थानीय तहमा कार्यरत बाल कल्याण अधिकारी तथा महिला बालबालिका शाखा प्रमुख लगायतसँग कोरोना महामारीमा स्थानीय तहमा बाल संरक्षण तथा बाल संवेदनशील सेवा प्रवाह विषयक भर्चुअल गोष्ठीको आयोजना गरेको हो ।

कार्यक्रममा कोरोनाले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण तथा सहभागिताको क्षेत्रमा पार्न सक्ने प्रभावहरू, प्रभाव न्यूनीकरणका लागि स्थानीय तहमा प्रवाहित गर्नुपर्ने बाल संवेदनशील सेवाहरू विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय