Information is intelligence
HomeInternationalभारतमा एकैदिन कोरोना मुक्त हुनेको संख्या संक्रमित भन्दा ९२ हजारले धेरै

भारतमा एकैदिन कोरोना मुक्त हुनेको संख्या संक्रमित भन्दा ९२ हजारले धेरै

- Advertisement -spot_img

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७६ हजार २६१मा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै भारतमा कोरोना संक्रमितको संख्या २ करोड ५७ लाख नाघेको छ।

यस्तै भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ८० को मृत्यु भएको छ।

यो योसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या दुई लाख ८७ हजार नाघेको छ।

भारतमा बुधबार ३ लाख ६८ हजार ७८८ जनाले कोरोना लाई जितेका छन्  ।

यो संगै २ करोड २३ लाख भन्दा बढी निको भइसकेका छन् भने ३१ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ३७ लाखभन्दा बढी संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ करिब २७ हजार संक्रमित थपिएका छन् भने ६१५ जनाको मृत्यु भएको छ।

तेस्रोमा रहेको ब्राजिलमा करिब एक करोड ५८ लाख संक्रमित रहेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ७९ हजारभन्दा बढी संक्रमित थपिँदा २४ सयभन्दा बढीको मृत्यु भएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु