Wednesday, June 16, 2021
HomeNews७ मन्त्रीको बदरको माग गर्दै दायर भएको मुद्दाको सुनुवाइ प्रधानन्यायाधीशको बेञ्चमा

७ मन्त्रीको बदरको माग गर्दै दायर भएको मुद्दाको सुनुवाइ प्रधानन्यायाधीशको बेञ्चमा

- Advertisement -
- Advertisement -spot_img

सात जना मन्त्रीको नियुक्ती बदरको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

संघिय सांसद नरहेका मन्त्रीको नियुक्ती बदर गर्दै दायर भएका दुई रिटको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा हुने भएको छ ।

अधिवक्ता कविलदेव ढकाल र विराज थापाले सांसद् नरहेका व्यक्तिको नियुक्ति तत्काल बदरको माग गर्दै हिजो सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

संविधानको धारा ७८ सांसद नभएका व्यक्तिलाई एक-पटकको लागि मन्त्री हुने अवसर दिइए पनि पटक पटक मन्त्री बन्ने अवसर नभएको उनीहरुको माग दावी छ ।

माओवादीबाट एमाले प्रवेश गरेका कारण माओवादीले सांसदबाट हटाएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरी शंकर चौधरीले दोहोर्याएर मन्त्रीको शपथ लिएका थिए।  सांसद नै नरहेका मणि थापा र दावा लामाले पनि दोहोर्याएर शपथ लिएका छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय