Thursday, June 17, 2021
HomeNewsकोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई कांग्रेसको ध्यानाकर्षण, देउवाले बुझाए प्रधानमन्त्रीलाई १५...

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई कांग्रेसको ध्यानाकर्षण, देउवाले बुझाए प्रधानमन्त्रीलाई १५ बुँदे ज्ञापनपत्र

- Advertisement -
- Advertisement -spot_img

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझावसहितको ज्ञापनपत्र बुझाएका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर देउवा नेतृत्वको टोलीले कोरोना उपचार, नियन्त्रण तथा रोकथामका लागि सरकारले चाल्नुपर्ने कांग्रेसको १५ बुँदे सुझावसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

प्रधानमन्त्रीलाई भेट्न देउवासहित कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्रीद्वय डा शशांक कोइराला, पूर्णबहादुर खड्का, सहमहामन्त्री एवं कोभिड-१९ अनुगमन समितिका संयोजक डा प्रकाशशरण महत, कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, पूर्वअर्थमन्त्री डा रामशरण महतलगायत पुगेका थिए ।

कांग्रेस संसदीय दल कार्यसमितिको बिहीवार बसेको बैठकले बिभिन्न ११ बुँदे निर्णय गर्दै कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराएको थियो। बैठकले प्रधानमन्त्री ओलीकै गलत विश्लेषणका कारण कोरोनाले क्षति बढाएको दाबीसमेत गरेको छ ।

यसअघि पनि देउवाले आफ्नो निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गरी कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार असफल रहेको उल्लेख गर्दै विरोध जनाएका थिए ।

यसैबीच काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महत संयोजक रहेको कोभिड-१९ अनुगमन समितिले जेठ तीन दिनसम्म कोरोना रोकथाम तथा नियन्त्रणबारे सातै प्रदेशमा छलफल गरी सुझाव संकलन गरेका थिए । सोही छलफलका आधारमा १५ बुँदे ज्ञापनपत्र बनाएको बताइएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय