Wednesday, June 16, 2021
HomeNewsसरकारकै अगुवाइमा तडकभडक गर्दा संक्रमण फैलियो : कांग्रेस

सरकारकै अगुवाइमा तडकभडक गर्दा संक्रमण फैलियो : कांग्रेस

- Advertisement -
- Advertisement -spot_img

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नेतृत्वपंतिmबाटै देशमा कोरोना फैलाइएको आरोप लगाएको छ ।

सरकारलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको कांग्र्रेसले सरकारको नेतृत्व पङ्तिको अगुवाइमा भएको भिडभाड, तडकभडक र उदघाटन कार्यक्रमहरुले संक्रमण द्रुत गतिमा फैलिएको बताएको हो । “सरकारको नेतृत्वपंतिको अगुवाइमा गत समयमा भएका भिडभाड, तडकभडक र उद्घाटन कार्यक्रमहरुले संक्रमण दु्रत गतिमा बढ्न मद्दत गरेको छ,” कांग्रेस सभापति नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, “संक्रमित विरामीलाई टाढा टाढाबाट सिमित सहरी क्षेत्रमा रहेका अस्पतालमा पुर्याउन यातायात सुविधानको समस्यासँगै हेलिकोप्टरलगायतका यातायात साधनको चर्को मूल्यले सामान्य नागरिकलाई अस्पताल पुग्न असम्भव भएको छ भने अस्पताल पुगेका बिरामीको चर्को खर्च व्यहोर्नपर्ने स्थितिले आम नागरिकहरु स्वास्थ्य सेवा पहुँचभन्दा बाहिर भएका छन् ।”

कांग्रेसले सरकारले ल्याएको गत वर्षको बजेटमा देशको स्वास्थ्य संरचनालाई व्यापक विस्तार गर्ने घोषणा भए पनि नगन्य सुधारमात्र भएका कारण उपचारको आवश्यकताको तुलनामा आपूर्ति अत्यन्त न्यून भएको र मानव संसाधन पनि आवश्यकता भन्दा कम रहेको बताएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय