Information is intelligence
HomeInternationalबुर्किनाफासोमा हिंसाः १५ सर्वसाधारण र १२ हतियारधारीको मृत्यु

बुर्किनाफासोमा हिंसाः १५ सर्वसाधारण र १२ हतियारधारीको मृत्यु

- Advertisement -spot_img

बुर्किनाफासोमा मंगलबार अज्ञात बन्दुकधारीहरुको एक समूहले कम्तीमा पनि १५ जना स्थानीय सर्वसाधारण नागरिकको हत्या गरेको बताइएको छ ।

उत्तरी बुर्किनाफासोको आउडल्याण्ड प्रान्तको आडजाराना भन्ने स्थानमा सो हत्याकाण्ड भएको हो ।

मंगलबार यस गाउँमा आएका ठूलो संख्याका हतियारधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर ती गाउँलेको ज्यान लिएका थिए । त्यस्तै त्यहाँको उत्तरी राएल क्षेत्रमा त्यहाँको सैनिकले गरेको कारबाहीमा परेर १२ जना हतियारधारी मारिएका छन् ।

उनीहरु पनि गाउँलेलाई आक्रमण गर्नका लागि सो क्षेत्रमा पुगेका थिए । त्यस क्रममा सेनाले गरेको कारबाहीमा उनीहरु मारिएका हुन् । मंगलबार बुर्किनाफासोको आउडल्याण्ड प्रान्तको आडजारानामा पुगेका हतियारधारीले गरेको हमलामा मारिएका १५ जना स्थानीय गाउँले रहेका बताइएको छ ।

सो प्रान्तमा केही समय यतादेखि जातिय हिंसा शुरु भएको पाइएको छ । त्यस हिंसामा परेर एक हजार भन्दा बढी नागरिकको ज्यान गएको छ भने अरु लाखौँ जनता त्यहाँबाट विस्थापित भएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु