Information is intelligence
HomeNewsमाओवादी नेतासहित दुई जनामाथि गोली प्रहारको आरोपमा सातजना पक्राउ

माओवादी नेतासहित दुई जनामाथि गोली प्रहारको आरोपमा सातजना पक्राउ

- Advertisement -spot_img

कपिलवस्तुमा माओवादी नेतासहित दुई जनामाथि गोली प्रहारको आरोपमा सातजना पक्राउ परेका छन् ।

कपिलवस्तु नगरपालिका–३ सडवास्थित सडकमा अपरिचित व्यक्तिहरुको गोली प्रहारबाट माओवादी जिल्ला नेता कपिलवस्तु नगरपालिका–१ बस्ने ३४ वर्षीय दीपक पाण्डे र भारत सिदार्थनगर ग्राम चेतरी बजार बस्ने २६ वर्षीय ईयाज अख्तर मुसलमान घाइते भएका थिए । उनीहरुमाथि गएराति गोली प्रहार भएको थियो ।

लु.९ प ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैया खोलाबाट तौलिहवातर्फ आउँदै गरेका उनीहरुलाई नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिले गोली प्रहार गर्दा घाइते भएका हुन् ।

घटनास्थलबाट १ थान खोका, १ राउण्ड लाइभ बुलेट र १ थान चप्पल प्रहरीले बरामद गरेको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय