Information is intelligence
HomeHealthतिब्बत सरकारले गर्‍यो नेपाललाई आइसियु,भेन्टिलेटर र अक्सिजन सहयोग

तिब्बत सरकारले गर्‍यो नेपाललाई आइसियु,भेन्टिलेटर र अक्सिजन सहयोग

- Advertisement -spot_img

तिब्बत सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । तिब्बतले ३० हजार लिटर लिक्विड अक्सिजन, ८०० थान अक्सिजन सिलिन्डर, १० थान अक्सिजन कन्सन्ट्रेटर, ५ थान भेन्टिलेटर, २०० आइसियु बेड र १५ हजार एन्टिजेन किट उपलब्ध गराएको हो ।

ल्हासामा आयोजित एक कार्यक्रमका बीच उक्त स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण गरिएको हो । तिब्बत सरकारले नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

यसअघि चीन सरकारले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो । त्यस्तै चीनले अनुदानमै दिएको २० हजार अक्सिजन सिलिन्डर सहितका अन्य स्वास्थ्य सामग्री पनि नेपाल आउने क्रम जारी छ । चीनले थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय