Information is intelligence
HomeNewsमाओवादीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, सीसीएमसी खारेजीको माग

माओवादीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, सीसीएमसी खारेजीको माग

- Advertisement -spot_img

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ । सरकार कोभिड–१९ लगायतको स्वास्थ्य सामग्री खरिद गर्दा भष्ट्राचारमा लिप्त भएको, कोरोना नियन्त्रणमा असफल भएकोलगायत विषय समेटेर भोलि ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो ।

आज बसेको स्थायी कमिटी बैठकले पार्टीका केन्द्र, प्रदेश र स्थानीय कमिटीलाई कोरोना रोकथाम र नियन्त्रणका लागि अझै क्रियाशील बनाउने निर्णय गरेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

कोभिड विरुद्धको भ्याक्सिन ल्याउने कुटनीतिक प्रयास जारी राख्ने पनि निर्णय भएको उनले बताए ।

सरकारकारले कोभिड रोकथाम र नियन्यत्रणका लागि बनाएको संयन्त्र सीसीएमसी संवैधानिक नभएकाले खारेजीको माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

पार्टीका सबै पंक्तिलाई कोरोना नियन्त्रण तथा रोकथामका लागि परिचालित हुन निर्देशन दिएको बैठकले सरकारलाई सहयोग गर्ने निर्णय पनि गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु