Information is intelligence
HomeNewsउपत्यका बाहिर रहेका सांसद काठमाडौं फर्किंदै

उपत्यका बाहिर रहेका सांसद काठमाडौं फर्किंदै

- Advertisement -spot_img

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि उपत्यका बाहिर रहेका सांसद काठमाडौं फर्किन थालेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ प्रधानमन्त्री नियुक्तिका लागि बिहीबार राति आह्वान गरेकी छिन् । उनले आज बेलुकी ५ बजेसम्मको समय दिएकी छिन् ।

नयाँ सरकार गठनका लागि समय कम भएकाले सबै दलले आ–आफ्ना सांसदलाई काठमाडौं फर्किन निर्देशन दिएका हुन्। बिहीबार राति नै दलहरूले सांसदहरूलाई फर्किन निर्देशन दिएको जनाएको छ ।

पार्टीको निर्देशन अनुसार काठमाडौं फर्किन लागेको एक सांसदले बताए । ‘कोरोना महामारीमा सहयोग जुटाउन जिल्ला गएको थिएँ । काठमाडौं फर्किन निर्देशन आएपछि बिहानै हिडेको छु,’ एक सांसदले भने ।

नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो सांसदलाई काठमाडौं फर्किन निर्देशन दिएको जनाएको छ। त्यस्तै, काठमाडौंमा रहेका सांसदलाई पनि बाहिर नजान दलहरूले निर्देशन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय