Information is intelligence
HomeSportsकोलम्बियाले कोपा अमेरिकाको सह-आयोजकबाट नाम फिर्ता लियो

कोलम्बियाले कोपा अमेरिकाको सह-आयोजकबाट नाम फिर्ता लियो

- Advertisement -spot_img

कोलम्बियाले कोपा अमेरिका प्रतियोगिताको सह-आयोजकबाट नाम फिर्ता लिएको छ ।

कोपा अमेरिकामा कोलम्बिया सह-आयोजकको रुपमा रहेको थियो ।

तर, सरकारविरुद्धको चर्किएको आन्दोलनको कारण कोलम्बियाले प्रतियोगिता आयोजकबाट नाम फिर्ता लिएको हो । अब कोपा अमेरिका आयोजनाको सम्पूर्ण जिम्मेवारी अर्जेन्टिनाले पाएको छ ।

प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ ।

सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना भाईरसको महामारीको कारण एक वर्ष पछि सरेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु