Friday, June 25, 2021
HomeSportsयुरोकप फुटबलको लागि पोर्चुगलले टिमको घोषणा

युरोकप फुटबलको लागि पोर्चुगलले टिमको घोषणा

- Advertisement -
- Advertisement -spot_img

आउँदो महिना हुने युरोकप फुटबलको लागि पोर्चुगलले टिमको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले घोषणा गरेको २६ सदस्यीय टोलीको नेतृत्व क्रिष्टियानो रोनाल्डोले गर्नेछन् ।

युरोकप जुन ११ तारिखदेखि हुनेछ । यस पटकको युरोकप युरोपका विभिन्न ११ वटा सहरमा हुँदैछ ।

पोर्चुगलले सन् २०१६ को युरोकपमा फ्रान्सलाई अतिरिक्त समयमा १-० ले हराउँदै उपाधि जितेको थियो । चोटका कारण रोनाल्डोले खेल बीचमै छाडेका थिए ।

पोर्चुगलका लागि १०३ अन्तर्राष्ट्रिय गोल गरेका रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान बराबरी गर्न ६ गोलले मात्र टाढा छन् । इराकका अली दाईले १०९ गोल गरेका छन् ।

पोर्चुगल समावेश समूहलाई ‘ग्रुप अफ डेथ’ मानिएको छ । समूह ‘एच’मा पोर्चुगलसंगै साविक उपविजेता फ्रान्स, जर्मनी र हंगेरी रहेका छन् ।

युरोकप आगामी जुन ११ देखि सुरु हुँदै छ ।

२६ सदस्यीय टोली:

गोलकिपर : एन्टोनी लोपेज, रुइ प्याट्रिसियो, रुई सिल्भा

डिफेण्डर : जोआो क्यान्सेलो, नेल्सन सेमेडो, जोस फोन्ट, पेपे, रुबेन डियाज, नुनो मेन्डेज, राफेल गुरेइरा

मिडफिल्डर : डानिलो परेइरा, जोआवो पाल्हिन्हा, रुबेन नेभेस, ब्रुनो फर्नान्डेस, जोआवो माउटिन्हो, रेनाटो सान्चेज, सर्जियो ओलिभिएरा, विलियम कार्भाल्हो

फरवार्ड : पेड्रो गोनकाल्भ्स, आन्द्रे सिल्भा, बर्नार्डो सिल्भा, क्रिस्टियानो रोनाल्डो, डियोगो जोटा, गोन्कालो गुएडेज, जोआवो फेलिक्स, राफा सिल्भा

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय