Information is intelligence
HomeNewsहेमन्त रानाले गरे विवाह

हेमन्त रानाले गरे विवाह

- Advertisement -spot_img

गायक हेमन्त रानाले अमेरिकामा विवाह गरेका छन् । उनले, प्रेमिका माया अधिकारीसँग बिहे गरेका हुन् । उनीहरुको बिहे क्रिश्चियन परम्परा अनुसार भएको हो । गायक हेमन्त रानाले भने–‘हामी साढे २ बर्षदेखि प्रेम सम्बन्धमा थियौं । दुबैको परिवारको सहमतीमा बिहे गरेका हौं ।’

‘सुन साइँली’ बोलको गीत गाएपछि चर्चामा रहेका हेमन्त केही बर्ष अगाडि अमेरिका पुगेका थिए । उनी अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्छन् । हेमन्तका अनुसार माया नर्सिङ पढिरहेकी छिन् ।

गायक हेमन्त र मायाको बिहेमा उनका आफन्त, परिवार र साथीहरुको उपस्थिती थियो ।

गायक रानाका ‘दुबो फुल्यो, लैजा रे, सुन साइँली, तिमी छौं र पो’ लगायतका गीतहरु सुपरहिट भएका थिए । गायक रानालाई वैवाहिक जीवनको शुभकामना ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय