Information is intelligence
HomeNewsमाओवादीले बोलायो स्थायी कमिटी बैठक

माओवादीले बोलायो स्थायी कमिटी बैठक

- Advertisement -spot_img

नयाँ सरकार गठनका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटीको बैठक बोलाएको छ ।

आज दिउसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएको माओवादी स्थायी कमिटी सदस्य गणेश साहले बताए। बैठकमा नयाँ सरकार गठनका विषयमा छलफल हुने साहले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन्। उनले आज बेलुकी ५ बजेसम्म आधार सहित दाबी पेश गर्न समय दिएकी छिन् ।

त्यहीँ विषयमा छलफल गर्न माओवादीले स्थायी कमिटी बैठक बोलाएको हो । अहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु