Information is intelligence
HomeInternationalअन्तर्राष्ट्रिय दबाबमा गाजामा युद्धविराम

अन्तर्राष्ट्रिय दबाबमा गाजामा युद्धविराम

- Advertisement -spot_img

गाजामा भइरहेको आक्रमण रोक्दै युद्धविराम गर्न इजरायल र हमास सहमत भएका छन्। करिब दुई हप्तादेखि गाजा पट्टीमा इजरायलले हवाई आक्रमण गर्न सयौं प्यालेसटाइनी नागरिकको मृत्यु भएको थियो भने कयौं भवनहरु भत्किएका थिए । हमासले पनि इजरायलमा रकेट आक्रमण गर्दा केही इजयालीको मृत्यु भएको थियो ।

दुवैबिच युद्धविराम गराउन अमेरिका, चीन, बेलायत, रसिया लगायतका राष्ट्रले पहल गरेको थियो। संयुक्त राष्ट्रसंघले पनि युद्धविराम गराउन प्रयास गरेको थियो । हाल युद्धविराम भएपनि इजरायलमा प्रधानमन्त्री  बेन्जामिन नेतान्यूको चर्को आलोचना भइरहेको छ ।

हमासले युद्धविरामलाई आफ्नो जित भनेपनि इजरायलमा भने यसविषयलाई लिए नेतान्यूका सहयोगी र दक्षिणपन्थी सांसदले असहमति व्यक्ति गरेका छन् ।

टाइम्स अफ इजरायलका अनुसार उनीहरुले नेतान्यूलाई युद्धविरामको घोषणाले इजरायली संकल्प खतरामा पर्न सक्ने चेतावनी दिएका छन् । गाजा पट्टीबाट हमासलाई हराउँदै त्यसलाई इजरायलमा गाभ्ने देखि ग्रेटर इजरायल बनाउने नेतान्यू सरकारको योजना छ । न्यू होपका नेता गिडीओन सआरले सरकारको निर्णयको आलोचना समेत गरेका छन् । युद्धविरामले हमासलाई थप शक्तिशाली बनाउने उनको टिप्पणी छ । अन्य पार्टी र धार्मिक नेताहरुले समेत नेतान्यूको निर्णयको विरोध गरेका छन् ।

नेतान्यूले हमासको अन्त्य नभएसम्म गाजामा हवाई आक्रमण नरोक्ने भनेर सार्वजनिक रुपमा नै भनेपनि अन्तर्राष्ट्रिय दबाबअघि उनको सरकार झुक्न बाध्य भएको हो । तर, देशभित्रै भने नेतान्यूको आलोचना सुरु भएपछि युद्धविरामको निर्णय कार्यान्वयन हुनेमा शंका व्यक्त गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु