Friday, June 25, 2021
HomeNewsपश्चिम राप्ती, कर्णाली र महाकाली नदी किनारमा बाढीको चेतावनी

पश्चिम राप्ती, कर्णाली र महाकाली नदी किनारमा बाढीको चेतावनी

- Advertisement -
- Advertisement -spot_img

पश्चिम राप्ती, कर्णाली र महाकाली नदीमा पानीको बहाव बढेसँगै बाढीको चेतावनी जारी भएको छ ।

तीन वटा नदीमा पानीको बहावले खतराको तह पार गरेको र थप पानी परिरहेकाले चेतावनी जारी गरेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

बाँँके, बर्दिया, सुर्खेत, दैलेख, कालीकोट र आसपासका जिल्लाहरुमा ठूलो पानी परिरहेको र दिउँसो पनि पानी पर्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ ।

ताउ–ते चक्रवातको प्रभावका कारण सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको छ । अहिले देशका धेरैजसो ठाउँको मौसम बद्ली भएको छ भने केही ठाउँमा पानी परिरहेको छ ।

आज बेलुकीदेखि मौसम खुल्न थाल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ताउ–ते चक्रवातको प्रभाव कम भए पनि प्रि-मनसुनको समय भएकाले दिउँसोपख पछि बादल लागेर केही ठाउँमा पानी पर्ने सम्भावना भने रहने महाशाखाले जनाएको छ । पश्चिम राप्ती, कर्णाली र महाकाली नदीमा पानीको बहाव बढेसँगै बाढीको चेतावनी जारी भएको छ ।

तीन वटा नदीमा पानीको बहावले खतराको तह पार गरेको र थप पानी परिरहेकाले चेतावनी जारी गरेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

बाँँके, बर्दिया, सुर्खेत, दैलेख, कालीकोट र आसपासका जिल्लाहरुमा ठूलो पानी परिरहेको र दिउँसो पनि पानी पर्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ ।

ताउ–ते चक्रवातको प्रभावका कारण सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको छ । अहिले देशका धेरैजसो ठाउँको मौसम बद्ली भएको छ भने केही ठाउँमा पानी परिरहेको छ ।

आज बेलुकीदेखि मौसम खुल्न थाल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ताउ–ते चक्रवातको प्रभाव कम भए पनि प्रि-मनसुनको समय भएकाले दिउँसोपख पछि बादल लागेर केही ठाउँमा पानी पर्ने सम्भावना भने रहने महाशाखाले जनाएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय