Information is intelligence
HomeNewsसुतिरहेको अवस्थामा धारिलो हतियारले हानेर हत्या

सुतिरहेको अवस्थामा धारिलो हतियारले हानेर हत्या

- Advertisement -spot_img

मोरङको सुन्दरहरैचा नगरपालिकामा एक पुरुषको सुतेकै ओछयानमा हत्या भएको छ ।

सुन्दरहरैचा नगरपालिका–३ लोचनीका  ४० वर्षीय विष्णु ऋषिदेवको सुतेकै ओछयानमा धारिलो हतियारले प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले अर्धनग्न शव रगताम्मे अवस्थामा भेटिएको जानकारी दिए ।

निदाएका बेला कुनै धारिलो हतियारले घाँटीको अगाडिको भागका काटेर हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

मृतक गछिया खोला छेउको ऐलानी जग्गामा टिनको छानो भएको र टाटीको बेरा लगाएर बनाइएको झुप्रोमा एक्लै बस्दै आएका थिए ।

उनकी श्रीमतीको मृत्यु भइसकेको र छोराछोरी पनि घरभन्दा बाहिर नै बस्ने गरेको प्रहरीले जनाएको छ ।

ज्यालमजदुरी गरेर जीविका चलाउँदै आएका विष्णु दैनिक बिहानै उठेर काममा जाने गरेका थिए । ढिलासम्म पनि उनी काममा ननिस्किएपछि बोलाउन गएका साथीहरुले घरभित्रै ओछयानमा हत्या गरिएको अवस्थामा शव देखेर प्रहरीलाई खबर गरेको थिए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय