Information is intelligence
HomeNewsराष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा रिट

राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा रिट

- Advertisement -spot_img

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत नयाँ सरकार गठनका लागि गरेको आह्वानविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न संविधानको धारा ७६ (५) अनुसार गरेको आह्वान संविधान विपरीत भएको भन्दै अधिवक्ताहरु सन्तोष भण्डारी, नवराज पाण्डे, सुजन नेपालले रिट दायर गरेका हुन् ।

रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र स्वयम् प्रधानमन्त्री केपी शर्मा ओली समेतलाई विपक्षी बनाइएको छ । अधिवक्ता भण्डारीले भने, ‘रिट दायर गरेका छौं, दर्ता हुने प्रक्रियामा छ ।’

रिटमा राष्ट्रपतिको आहवानले संविधानको उल्लंघन भइ संवैधानिक प्रणालीमा गम्भीर क्षति पुग्न जाने भन्दै रिट निवेदनको टुंगो नलागेसम्म सो प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी गर्न अग्राधिकारसमेत माग गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु