Information is intelligence
HomePoliticsप्रधानमन्त्री ओलीको आह्वान: राष्ट्रिय सहमतिको सरकार बनाऔं

प्रधानमन्त्री ओलीको आह्वान: राष्ट्रिय सहमतिको सरकार बनाऔं

- Advertisement -spot_img

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउन आह्वान गरेका छन् । आज बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा उनले वैकल्पिक सरकार बन्न नसके सहमतिको सरकार बनाउन आग्रह गरे ।

“कृपया आउनुस् । राष्ट्रिय सरकार बनाऔं । सहमतिको सरकार बनाऔं । सहमतीका साथ अघि बढौं । अरुको नेतृत्वमा सम्भाव छैन भने मेरै नेतृत्वमा बनाऔं,” ओलीले भने । ओलीले यसका लागि आफूले आज विहान कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेको बताए ।

उनले सहमतिको सरकार बनाएर कोभिड–१९ को महामारी विरुद्ध लड्नका लागि एकताबद्ध हुन आह्वान गरे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु