Thursday, June 17, 2021
HomePoliticsराष्ट्रपतिको विरोध गणतन्त्रमाथिकाे प्रहार हो : प्रधानमन्त्री ओली

राष्ट्रपतिको विरोध गणतन्त्रमाथिकाे प्रहार हो : प्रधानमन्त्री ओली

- Advertisement -
- Advertisement -spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमाथिको विरोध सङ्घीय गणतन्त्रमाथिकाे आक्रमण भएको बताएका छन् ।

बालुवाटारमा आज भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले संविधानले नै राष्ट्रपतिको काम, कर्तव्य र अधिकारमा मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्रीले गरेको सिफारिस कार्यान्वयन गर्ने भएकोले त्यहीअनुसार काम भइरहेकोमा उनिमाथि किन विरोध भएरहेको भनेर प्रश्न गरे ।

राष्ट्रपतिमाथि महाभियोगको चर्चामाथि टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले बरु आफूलाई महाभियोग लगाउन वा हटाउन चुनौती दिए। राष्ट्रपतिमाथि विभिन्न लान्छना लगाइरहेको भन्दै उनले आफ्नो दल निकटको नभएको वा अरू कुण्ठाका कारण राष्ट्रपतिमाथि टिप्पणी भइरहेको बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई २१ घण्टाको समय दिएर संविधान मिचेको भन्दै चौतर्फी विरोध भएको हाे ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री र राष्ट्रपतिको कदम संविधानको विपरीत भएको बताइसकेका छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय