Information is intelligence
HomeOpinionपुरा भयो प्रधानमन्त्रीको इच्छा , जनताको लासमाथि राजनीति

पुरा भयो प्रधानमन्त्रीको इच्छा , जनताको लासमाथि राजनीति

- Advertisement -spot_img

गत पुस ५ गते एकाएक प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनावको मिति घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छा अन्तत: हाल आएर पूरा भएको छ ।

जेठ ७ गते बेलुका ५ बजेसम्म संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीका लागि दाबी पेश गर्न दिइएको समयावधि भित्र केपी शर्मा ओली र शेरबहादुर देउवाको दाबी पेस भएको थियो । तर उक्त दाबी अनुसार दुवैजना प्रधानमन्त्री भई विश्वाशको मत लिन सक्ने ठोस आधार नरहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै दाबी खारेज गरिदिएकी थिइन् र मध्यावधि चुनावको बाटो खुल्ला गरिदिएकी थिइन् ।

लगत्तै मन्त्रिपरिषदको बैठक बस्यो र संसद विघटन र मध्यावधि निर्वाचनको निर्णय गर्यो जसलाई राष्ट्रपतिले सहजे अनुमोदन गरिन् । अब २०७८ साल कार्तिक २६ गते र मंसिर ३ गते गरी दुई चरणमा प्रतिनिधि सभाको मध्यावधि चुनाव हुनेछ ।

नेकपा एमाले र माओवादी वीच भएको एकताको समयदेखिको पार्टीभित्रको आन्तरिक कलह र पार्टी विभाजन पश्चात नेकपा एमाले भित्र देखिएको आंतरिक द्वन्द्वको अवसान मध्यावधि चुनाव नै हो भन्ने निर्णयमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तत: आफ्नो पुस ५ को निर्णय सही सावित गराएका छन् । सरकार र प्रतिपक्षीबीच कुनै तालमेल नरहेको , राष्ट्रपति सरकारको कठपुतली बनेको र संविधानको बलात्कार भएको भनी बारम्बार संविधानविदहरु, र अन्य दलहरुले भनिरहेको अवस्थामा सरकार निर्माण कार्य २ दिनमा धारा ७६ को उपधारा ३ बाट उपधारा ७ मा पुगेर सकिएको छ । कोरोना भाइरस महामारी देशभरि व्याप्त रहेको अवस्थामा पनि दलहरु भने पद र प्रतिष्ठाको लडाइँमा कुदिरहेका थिए र छन् । जनताको मृत्युमाथि राजनीति गरिरहेका दलहरुले कहिल्यै राजनीतिभन्दा माथि जनतालाई राख्न सकेको देखिँदैन ।

यस्तो महामारीको समयमा पनि आन्तरिक द्वन्द्व र मिलिजुली भ्रष्टाचारको अवस्था सिर्जना गरिरहे । सरकारले अस्पतालमा बेड खाली रहेको तथ्याङ्क सार्वजनिक गरिरह्यो भने बिरामीहरू बेड नपाएर छट्पटाई रहे तर राजनीति गर्नेहरू भने ठूला ठूला अस्पताल धाइरहे । गरीब र निमुखा जनताको लागि उपचार आँखा तरी मर भनेको अवस्थामा छ । सरकारले अक्सिजन समेत समान वितरण गर्न सकेको अवस्था छैन।सरकारभन्दा व्यक्तिहरू यतिबेला क्रियाशील रहेको देखिन्छ ।

अन्त्यमा यो प्रतिष्ठाको लडाइँमा एकपटक पुन: केपी शर्मा ओली लासमाथि राजनीति गर्दै जित्न सफल भएका छन् । नेपालको राजनीति महामारीमाथिको मजाक सिद्ध भइसकेको छ।जनताले अब आउने निर्वाचनमा स्वविवेक प्रयोग गरी उनीहरूले गरेको व्यवहार अनुसार मत प्रदान गरुन ।सुसंस्कृत र सभ्य राजनीतिक संस्कार विकास होस् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु