Thursday, June 17, 2021
HomeNewsमहिला र बालकको मृत्यु

महिला र बालकको मृत्यु

- Advertisement -
- Advertisement -spot_img

सप्तरीको रुपनी गाउँपालिकामा करेन्ट लागेर गए राति एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको रुपनी गाउँपालिका–३ हर्दिया गाउँका सन्तोष यादवको २४ वर्षीया श्रीमती अमृतादेवी यादव रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनी घरमा जडान गरिएको टिभीको स्वीच अन गर्ने क्रममा करेन्ट लाग्दा घाइते भएकी थिइन् । करेन्ट लागेर गम्भीर घाइते भएकी अमृतालाई उपचारका लागि रुपनीस्थित युनिक अस्पताल लैजाँदा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । यस्तै सप्तरीको शम्भुनाथ नगरपालिकास्थित सार्वजनिक पोखरीमा शुक्रबार डुबेर एक बालकको मृत्यु भएको छ । शम्भुनाथ नगरपालिका–१२ बस्ने मुनिलाल साहका १० वर्षीय छोरा रुपेश साहको डुबेर मृत्यु भएको हो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय