Thursday, June 17, 2021
HomePoliticsसंसद् विघटनविरुद्ध विपक्षी दलहरुको संयुक्त बैठक

संसद् विघटनविरुद्ध विपक्षी दलहरुको संयुक्त बैठक

- Advertisement -
- Advertisement -spot_img

काठमाडौं | सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि यस सम्बन्धमा साझा धारणा बनाउन विपक्षी दलहरुको संयुक्त बैठक बस्दैछन्।

बैठकमा नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले)को माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा सहितको सहभागिता रहने बताईएको छ ।

विपक्षी गठबन्धनले हिजो प्रतिनिधि सभाका १४९ सांसदहरुको हस्ताक्षरसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पुनः प्रधानमन्त्रीमा दाबि गरेका थिए । राष्ट्रपति भण्डारीले मध्यराति प्रतिनिधिसभा भंग गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको मिति तोकेकी छिन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय