Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा देशभर ८९८० कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर ८९८० कोरोना संक्रमित थपिए

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९८० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३५७ जनाको पिसिआर र ७४८ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार ९८० जनामा पोजेटिभ देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना संक्रमित कोरोना मुक्त भएका छन् भने १२९ संक्रमितको मृत्यु भएको छ ।

अहिले १ लाख १५ हजार ८०६ जना संक्रमित आइसोलेसनमा छन् । नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १० हजार ८६ पुगेको छ भने ३ लाख ८३ हजार ६४८ निको भएका छन् भने ६ हजार १५३ संक्रमितको मृत्यु भएको छ ।

उपत्यकामा २३१८ जनामा कोरोना

काठमाडौमा उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ३१८ जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये काठमाडौमा १ हजार ८११, ललितपुरमा ३२८ र भक्तपुरमा १८९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु