Information is intelligence
HomeSportsमेस्सीले बार्सिलोनासँग नयाँ सम्झौता गर्ने पक्का

मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौता गर्ने पक्का

- Advertisement -spot_img

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौता गर्ने भएका छन ।

चर्चित वेबसाइट बिइन स्पोर्टसक अनुसार मेस्सी बार्सिलोनामा रहने पक्का भएको हो ।

सन् २०२० मा क्लवसँगको मनमुटावका कारण अन्तिम समयमा एक सिजनका लागि बस्ने निर्णय गरेको मेस्सीका सम्झौता यो सिजन सकिएसँगै समाप्त हुनेछ । उनलाई अरु क्लवमा जानका लागि पनि बाटो खुल्ने भएपनि उनले बार्सिलोनासँग नयाँ सम्झौता गर्न राजि भएका छन ।

मेस्सीले चाँडै क्लवसँग नयाँ सम्झौताका लागि हस्ताक्षर गर्ने बताइएको छ । मेस्सीले करियर नै बार्सिलोनामा विताउने संभावना समेत रहेको बताइएको छ ।

बार्सिलोनाका यसअघिका अध्यक्षसँगको मन मुटावका कारण मेस्सीले क्लव छोड्ने बताएका थिए । नयाँ अध्यक्ष लार्पेटा आएपछि क्लवको नयाँ प्रोजेक्ट बन्ने र त्यसमा मेस्सी चाहिने भएकाले उनलाई क्लवमा राख्न निकै प्रयास भएको थियो । यस्तैमा उनले नयाँ सम्झौताका लागि सहमत भएको बताइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु