Information is intelligence
HomeSportsमेस्सिले बनाए नयाँ कृतिमान

मेस्सिले बनाए नयाँ कृतिमान

- Advertisement -spot_img

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पिचिची ट्रफी जितेका छन् ।

ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले पिचिची ट्रफी जितेका हुन् ।

बार्सिलोनालाई उपाधि दिलाउन असफल भएपनि मेस्सीले ३० गोल गर्दै पिचिची ट्रफी जितेका हुन् ।यस सिजन मेस्सीको टिम बार्सिलोना तेस्रो स्थानमा रहन सफल भयो ।

अवार्ड जित्ने क्रममा मेस्सीले रियल मड्रिडका फरवार्ड करिम बेन्जिमालाई पछि पारे । मेस्सी बेन्जिमा भन्दा ७ गोलले अघि रहे । बेन्जिमाले २३ गोल गरे ।यस्तै भिल्ला रियलका जेरार्ड मोरेनोले पनि २३ गोल गरेका थिए ।

मेस्सीले आठौं पटक पिचिची ट्रफी जितेका हुन् । यस्तै मेस्सीले लगातार पाँचौं सिजन पिचिची ट्रफी जितेका हुन् । उनी लगातार पाँच सिजन यस अवार्ड जित्ने पहिलो खेलाडी हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु