Thursday, June 17, 2021
HomeSportsलेवान्डोस्कीले तोडे गर्ड मुलरको ४९ वर्ष पुरानो कीर्तिमान

लेवान्डोस्कीले तोडे गर्ड मुलरको ४९ वर्ष पुरानो कीर्तिमान

- Advertisement -
- Advertisement -spot_img

रोबर्ट लेवान्डोस्कीले जर्मन बुन्डेसलिगामा एकै सिजन ४१ गोल गरेर नयाँ किर्तिमान बनाएका छन् । सन् १९७१–७२ मा गर्ड मुलरले ४० गोल गर्दै एकै सिजन सर्वाधिक गोल गर्ने किर्तिमान बनाएका थिए, जसलाई गत साता लेवान्डोस्कीले बराबरी गरे ।

अहिले अग्सवर्गविरुद्धको खेलमा गोल गर्दै लेवान्डोस्कीले आफ्नो गोलसंख्या ४१ पुर्याए । यस सिजनको अन्तिम खेलमा बार्यन म्युनिख ४–२ ले अघि रहेको अवस्थामा  ९० औं मिनेटमा लेवान्डोस्कीले गोल थपेका हुन् । यस खेलअघि नै बार्यनले बुन्डेस लिगा उपाधि भने जितिसकेको थियोे । बार्यनले लगातार नवौंपटक उपाधि जितेको हो ।

अन्तिम खेलमा हासिल गरेको जीतसँगै  लिगमा ३४ खेलबाट बार्यनको ७८ अंक पुगेको छ । जो, दोस्रो स्थानको आरबी लेइपजिगभन्दा १३ अंकले अघि हो ।
पोल्यान्डका लेवान्डोस्कीले जारी सिजनमा सबैखाले प्रतियोगिता गरेर बार्यनका लागि कुल ४८ गोल गरेका छन् ।

लेवान्डोस्की बुण्डेसलिगामा सर्वाधिक गोल गर्नेमा दोस्रो स्थानमा छन् । उनले २७७ गोल गरेका छन् । गर्ड मुलरले ने सर्वाधिक ३६५ गोल गरेका छन् ।

लेवान्डोस्कीले कीर्तिमान बनाएको खेलमा बायर्नले पनि लिगमा सुखद अन्त्य गरेको छ ।

बायर्नको जितमा लेवान्डवस्कीसँगै सर्जी जिनाब्री, जोसुवा किमिच र किंग्सले कोम्यानले एक-एक गोल गरे । बायर्नले एक आत्मघाती गोल उपहार पाएको थियो ।

अग्स्बर्गका जेफ्रीले आत्मघाती गोल गरे । अग्सबर्गका लागि आन्द्रे हान र फ्लोरिनले एक एक गोल फर्काए ।

यस सिजन च्याम्पियन बायर्नले ३४ खेलमा ७८ अंक जोड्यो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय