Information is intelligence
HomeNewsमाधव नेपालसहित ११ नेतालाई स्पष्टीकरण पत्र पठाउँदै एमाले

माधव नेपालसहित ११ नेतालाई स्पष्टीकरण पत्र पठाउँदै एमाले

- Advertisement -spot_img

एमालेले माधव नेपाल र झलनाथ खनालसहित ११ सांसदलाई स्पष्टीकरण पत्र पठाउने तयारी गरेको छ । शनिवार सम्पन्न स्थायी कमिटी बैठकको निर्णय अनुसार आज स्पष्टीकरण पत्र पठाइने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका माधव नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेका थिए । तीमध्ये कतिपयले हस्ताक्षर गरेको छैन भनेका, कतिपयले नेपाललाई प्रधानमन्त्री बनाउने सर्तमा हस्ताक्षर नगरेको बताएकाले  ११ जनालाई मात्र स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

खनाल र नेपालसँगै भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरा जैरुलाई स्पष्टीकरणको पत्र पठाउने निर्णय बैठकले गरेकाे थियाे ।जवाफ आएपछि बस्ने बैठकले कारबाहीसम्बन्धी निर्णय गर्ने सचिव तामाङले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु