Information is intelligence
HomeNewsजसपा अध्यक्ष ठाकुरसहित चार नेतालाई स्पष्टीकरण

जसपा अध्यक्ष ठाकुरसहित चार नेतालाई स्पष्टीकरण

- Advertisement -spot_img

जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । अर्को अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा शनिबार बसेको कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लाले पार्टीस हितविपरीत काम गरेको जनाउँदै स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यकारिणी समिति सदस्य इस्तियाक राईले जानकारी दिएका हुन् ।

अध्यक्ष ठाकुरसहितका नेताहरूले राष्ट्रपति कार्यालयमा पठाएको पत्र व्यक्तिगत भएको भन्दै बैठकले त्यसलाई मान्यता नदिन पनि आग्रह गरेको छ । जसपाले केपी ओली नेतृत्व सरकारको विकल्प खोज्ने निर्णय गरेको जनाउँदै संविधानको धारा ७६९५० अनुसार शेरबहादुर देउवा नेतृत्वमा सरकार गठनका लागि आफूहरूले समर्थन गरेको जनाएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय