Friday, June 25, 2021
HomeUncategorizedयुगकवि सिद्धिचरण श्रेष्ठको १ सय १० औं जन्मजयन्ती

युगकवि सिद्धिचरण श्रेष्ठको १ सय १० औं जन्मजयन्ती

- Advertisement -
- Advertisement -spot_img

युगको उर्दी

संकट पर्दछ मान्छेलाई, ढुङ्गालाई के पर्छ !
असिना आई फुलबारीकै फूलहरू पहिले झार्छ ।

जसको छाती जति विशाल त्यति नै सङ्कट उसलाई
गोली लाग्दछ बापूमा नै केही हुँदैन अरूलाई।

वडवानलले रोज्दछ सागर खोँच र खोला रोज्दैन,
संकटले पनि भुसुनाहरूमा क्वै मीठो रस पाउन्न ।

तरुणीजनले बालकहरूमा के रस पाउँदछन् साथी,
संकटदेखि थिचिनेहरूमा संकटको मिल्छ र छाती?

संकट भोगी मर्नेहरूकै नाममहा संकट खुल्छ
प्रेमी जनको याद बुनेरै प्रेमिकाको जीवन चल्छ ।

मानिस तैँले उठनै पर्छ, दु:ख संकट भोग्नै पर्छ
युगको उर्दी माने पो ता मानिस यो मानिस बन्छ ।

         आज युगकवि सिद्धिचरण श्रेष्ठको १ सय १० औं जन्मजयन्ती उहाँको सम्झना गरी मनाइँदै छ । युगकवि श्रेष्ठको जन्म विसं १९६९ साल जेठ ९ गते ओखलढुङ्गाको ओखलढुङ्गा बजारमा भएको हो ।

स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रुपमा चिनिन्छन् ।

युगकवि श्रेष्ठले कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रा संस्मरण लगायतका विधामा कलम चलाएका थिए । उनको ‘मेरो प्यारो ओखलढुङ्गा’, ‘निर्झर’, ‘भीमसेन थापा’, ‘जूनकीरी’ लगायतका रचनाहरु चर्चामा छन् । त्यस्तै कविता सङ्ग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत, खण्डकाव्यहरु ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँसु’ लगायतका कृति रहेका छन् ।

युगकवि श्रेष्ठको २०४९ साल जेठ २२ गते निधन भएको थियो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय