Thursday, June 17, 2021
HomeNews'ओली-भण्डारी कदम मानवीय संवेदनाहीन क्रुरता'

‘ओली-भण्डारी कदम मानवीय संवेदनाहीन क्रुरता’

- Advertisement -
- Advertisement -spot_img

विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन तथा नयाँ निर्वाचनको घोषणा मानवीय संवेदनाहीन क्रुरता भएको जनाएको छ ।

विवेकशील साझा पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले  संसद् विघटनको कदम संविधान र लोकतन्त्रको हत्या गरी अधिनायकवादी शैलीमा शासन सत्ता संचालन गर्ने ओली र भण्डारीको पुरानै आकाङ्क्षाको सुनियोजित निरन्तरता भएको निष्कर्ष निकालेको जनाएको छ ।

विवेकशील साझा पार्टीले सर्वोच्च अदालतले संसद् विघटनबारे यसअघि जस्तै यस पटक पनि संवैधानिक सर्वोच्चता र लोकतन्त्रको पक्षमा फैसला गर्ने बताएको छ ।

एक विज्ञप्ति जारी गर्दै विवेकशील साझा पार्टीले भनेको छ, ‘कोभिड-१९ ले मुलुक आक्रान्त भएको बेला औषधी, अक्सिजन, अस्पताल-शैया नपाएर नागरिकहरू रोइरहेका बेला निर्वाचनको घोषणा गर्नु मानवीय संवेदनाहीन क्रुरता हो ।’

विवेकशील साझा पार्टी अहिलेको अवस्थामा कोरोना विरुद्धको खोप सरकारको पहिलो प्राथमिकता हुनुपर्ने प्रस्ट्याएको छ ।

विवेकशील साझा पार्टीले मुलुकमा राजनीतिक अराजकता र विकृति यो हदसम्म मौलाउनुमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी मात्र होइन प्रमुख प्रतिपक्षसहित संसद्का दलहरू पनि त्यत्तिकै जिम्मेवार भएको आरोप लगाएको छ ।

परम्परागत राजनीतिक दलहरूको सामूहिक विफलताको चर्को मूल्य आज मुलुकले चुकाउनु परिरहेको भन्दै उक्त पार्टीले अघिल्लो पटक संसद् विघटन हुँदा विरोधको एकै स्वर बोलेका प्रतिपक्षी दलहरू ओलीलाई अविश्वासको प्रस्तावबाट हटाउन एक ठाउँमा उभिन नसक्नुमा स्वार्थ भएको आरोप लगाएको छ ।

विवेकशील साझा पार्टीले ओली र भण्डारीको सर्वसत्तावाद बाट मुलुकलाई जोगाउन विपक्षी दलहरू कहाँ कहाँ र कसरी चुके ? भन्दै दलहरूमाथि प्रश्न तेर्स्याएको छ ।

प्रधानमन्त्री र राष्ट्रपतिले साँठगाँठ पूर्ण ढङ्गबाट लोकतन्त्र विरुद्ध गरिरहेको निरन्तर प्रहारको एकवद्ध भएर विरोध गर्न सम्पूर्ण नागरिक तथा राजनीतिक दलहरूलाई आह्वान विवेकशील साझा पार्टीले आह्वान समेत गरेको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय