Information is intelligence
HomeSportsलाहोर क्वालन्डर्सले रिलिज गर्यो सन्दीपलाई

लाहोर क्वालन्डर्सले रिलिज गर्यो सन्दीपलाई

- Advertisement -spot_img

पाकिस्तान सुपर लिग (पीएसएल)मा लाहोर क्वालन्डर्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई रिलिज गरेको छ ।

सन्दीपलाई रिलिज गर्दै पुन: राशिद खानलाई टिममा बोलाएको हो ।

कोरोना भाईरसको महामारीले प्रतियोगिता स्थगित हुनु अघि सन्दीपलाई लाहोरले राशिदकै स्थानमा अनुबन्ध गरेको थियो ।

तर, प्रतियोगिता स्थगित हुँदा सन्दीप कराँची पुगेर एक खेल नखेली घर फर्किएका थिए ।

कोरोनाले स्थगित पीएसएलको बाँकी खेलहरु युएईको आबुधाबीमा हुँदैछ । पीएसएलमा अब २० खेलहरु बाँकी रहेको छ ।

पीएसएल खेल्ने खेलाडी र अफिसियलको कोरोना परिक्षण समेत भईसकेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु