Thursday, June 17, 2021
HomeNewsराष्ट्रपति र प्रधानमन्त्रीलाई गोबर उपहार पठाउन खोज्ने नेविसंघ नेता पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीलाई गोबर उपहार पठाउन खोज्ने नेविसंघ नेता पक्राउ

- Advertisement -
- Advertisement -spot_img

प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गर्ने क्रममा नेविसंघका नेता पक्राउ परेका छन् । नेविसंघ पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलगायत विद्यार्थीहरु बानेश्वरबाट पक्राउ परेका हुन् ।

उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी तथा केपी शर्मा ओलीलाई गोबर उपहार पठाउने भन्दै प्रदर्शन गरेका थिए। नेविसंघ अध्यक्ष राजीव ढुंगानाले प्रतिनिधि सभा विघटनविरुद्ध सडकमा उत्रन निर्देशन दिएका थिए । त्यसपछि नेविसंघले राँके जुलुस निकाल्नुका साथै पुत्ला दहनसमेत गरेको छ ।

प्रदर्शनमा पक्राउ परेका विद्यार्थीलाई तत्काल रिहाई गर्नुपर्ने नेविसंघका महामन्त्रीद्वय दीपक भट्टराई र बलदेव तिमल्सिनाले माग गरेका छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय