Information is intelligence
HomeNewsसर्वोच्चमा रिट दर्ताको तयारी, सुरक्षा व्यवस्था कडा

सर्वोच्चमा रिट दर्ताको तयारी, सुरक्षा व्यवस्था कडा

- Advertisement -spot_img

प्रतिनिधि सभा विघटनविरूद्ध सर्वाेच्च अदालतमा रिट दर्ता हुँदैछ । यसका लागि विपक्षी गठबन्धनका शीर्ष नेताहरू सर्वोच्च अदालत पुग्ने क्रम जारी छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरू संसद् विघटनविरुद्ध सर्वोच्च जान लागेका हुन् ।

११ बजे सबै सांसदलाई सर्वोच्चमा उपस्थित हुन भनिएको एक सांसदले बताए। सबैलाई निवेदक बनाइएकाले नागरिकतासहित उपस्थित हुन भनिएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध अहिलेसम्म सर्वाेच्चमा विभिन्न पक्षका ५ वटा रिट पुगेका छन् । तर, दर्ता प्रक्रियामा गइसकेका छैनन् ।

यसैबीच, भिडभाड तथा केही अप्रिय गतिविधि हुन सक्ने भन्दै सर्वाेच्च अदालतको सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ । अहिले सर्वाेच्च परिसरमा बाक्लो मात्रामा प्रहरी परिचालित छन् ।

सर्वाेच्च प्रशासनका अनुसार रिट दर्ताका लागि पुग्नेहरूलाई ५/५ जनाका दरले दर्ता शाखामा प्रवेश गर्न दिइनेछ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यस्तो व्यवस्था मिलाइएको सर्वाेच्च प्रशासनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय